शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं

प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अराजक हर्कत गरेको बताएका छन् ।

केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले नेपालको इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैरसंसदीय र अराजक हर्कत गरेको भन्दै क्षमा नहुने समेत बताए ।

त्यस्तै ओलीले माधव नेपाल लगायतका नेताहरूलाई थप कारवाही हुने बताएका छन् ।

ओलीले भने, यस्ता अराजक,अस्थिर,अत्यन्त घातक देशद्रोही तथा कम्युनिष्ट आन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिको विरुद्ध पार्टीले कडा भन्दा कडा कारवाही गर्नेछ ।’

‘केपी ओलीलाई घोक्र्याउँछौं, धुलौ चटाउँछौं, भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले धुलो चटाउनेछन् र भित्तामा टाँस्नेछन् ।’ ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सांसदहरूलाई फाँसी चढाउने ऐतिहासिक अपराध माधव नेपालले गरेको आरोप समेत लगाए ।

ओलीले भने, ‘पत्रकार महासंघको चुनावमा प्रेस चौतारीको विरुद्ध ११ संगठन मिलेर हराएछन् अनि केपी ओलीलाई सबक सिकायौं भन्दै फेरि लड्डु बाँडे रे ।

महासंघ जितेर के भयो ? के उपलब्धि प्राप्त गरे बुझ्न सकिएन ।’

‘प्रचण्ड र माधव नेपाल अबको चुनावमा कहाँबाट लड्ने हो ? सांसद कसरी हुने हो। चुनाव पछाडि गठबन्धन बनाउन पनि कोही आउने छैनन् ।

त्यही भएर चुनाव तपाईंहरूका लागि प्रतिगम नै हो ।’ ओलीले भने ।

 


Last Updated on: April 19th, 2021 at 7:17 pm
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया