आइतबार ०६ आषाढ २०७८

काभ्रे । नेकपा एमालेका नेता माधवकुमार नेपालले पत्रकार महासंघको चुनाव र कर्णाली प्रदेशमा सबै दलहरूसँग मिलेर केपी ओलीलाई हैसियत देखाइदिएको टिप्पणी गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा समानान्तर कमिटी घोषणा गर्दै एमालेबाट निलम्बित नेता नेपालले ओलीले विदेशीहरू र जसपाको एउटा पक्षसँग छलफल गर्ने तर आफूहरुलाई निषेध गर्ने नीति लिएपछि ‘मर्ता त क्या नही कर्ता’को अवस्थामा आफूहरू पुगेको बताए ।

‘पत्रकार महासंघको चुनावमा हाम्रा साथीहरू कांग्रेस, माओवादीसहित ११ संगठन एकातिर भएर गए । केपीको सानो गुट अर्कोतिर थियो ।

हामीले पत्रकार महासंघमा अरुसँग मिलेर छक्का हान्यौं, केपीका मान्छे टर्च बालेर खोज्नुपर्ने भएको छ’, नेता नेपालले भने, ‘केपीका हनुमानले माधव नेपालका मान्छेलाई एक सिट पनि नदिने भनेका थिए । हामीले तिनीहरूलाई देखाइदियौं ।’

नेपालले कर्णालीमा ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार जोगाउने एमालेका सांसदहरूको समेत बचाउ गरे ।

उनले यमलाल कँडेलको नाम नलिई आफू मुख्यमन्त्री बन्दैछु भनेर अरु पक्षलाई राजनीतिक भविष्य जोगाउने हो भने मलाई साथ देऊ भन्दै भन्दै राजनीतिक भविष्य सिध्याइदिने धम्की दिएपछि उल्टै उनैलाई सिध्याइदिएको बताए ।


Last Updated on: April 18th, 2021 at 7:10 pm
१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया